Mandir: 240-489-3672, Priest: 202-816-NECC (6322)
info@neccusa.org

स्वागतम्

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एइनसीसी) अन्तर्गत सञ्चालनमा रहेको पशुपति–बुद्ध मन्दिर अमेरिकामा नेपालीहरुले स्थापना गरेको पहिलो मन्दिर हो र यो वासिङ्गटन डिसी क्षेत्रमा पर्दछ । यस मन्दिरमा आउने भक्तजनहरुको संख्या दिनानुदिन बढ्दै छ भने मन्दिर परिसर भित्र मन्दिर लगायतका निर्माण कार्यहरु पनि शुरु भइसकेका छन् । यस मन्दिरले समुदालाई धार्मिक, साँस्कृतिक लगायत विविध सेवा तथा सुविधाहरु सन् २००० देखि नियमितरुपमा  उपलब्ध गराउँदै आइरहेको छ ।  

विगतका दिनहरुमा पनि वेव साइट तथा सामाजिक सञ्जालहरुका माध्यमबाट संस्था तथा मन्दिरका बारेमा जानकारीहरु उपलब्ध गराउँदै आइएको थियो । तर एनइसीसी, धार्मिक तथा साँस्कृतिक लगायतका विविध गतिविधिहरु धेरै सञ्चालन हुने सामाजिक संस्था हो । त्यसैले यहाँ उपलब्ध हुने सेवा सुविधा तथा संस्थाका गतिविविधहरुको जानकारी समुदायका सदस्य, दर्शनार्थी,े भक्तजन, अन्य यात्रुहरु लगायत सबैमा तत्कालै सही र सरल तरिकाले प्रवाह हुन सकोस् भन्ने अभिप्रायले विशेष जोड दिएर वेव साइटलाई नयाँ प्रारुपमा सञ्चालनमा ल्याइएको हो ।  

 नयाँ स्वरुपको यस वेव साइटमार्फत मन्दिरका गतिविधिहरु, सूचनाहरु, जानकारी लगायतका विषयहरु अब झन सजिलै उपलब्ध हुन सक्नेछन् भन्ने हामीले विश्वास लिएका छौँ । मन्दिरबाट उपलब्ध गराइने सेवा तथा सुविधाका बारेमा बृस्तित जानकारी पनि उपलब्ध गराउने कोशिस गरिएको छ । सेवा प्राप्त गर्न चाहने व्यक्तिहरुले अनलाईन मार्फत नै गर्न सक्ने सुविधालाई सकेसम्म उपलब्ध गराउने प्रयत्न गरिएको छ । 

वेव साइटको सवै भन्दा महत्वपूर्ण पक्ष भनेको मन्दिरका दाता तथा सेवाग्राहीहरुले प्रदान गरेको दान तथा सेवा शुल्कहरुलाई वैज्ञानिक तरिकाले अभिलेख राख्ने र सो सम्वन्धमा सम्वन्धित व्यक्तिले तुरुन्तै जानकारी पाउने गरि डेटावेसको व्यवस्था गरिएको छ । 

यस अनुसार मन्दिरमा दान गर्न इच्छुक व्यक्तिले वेव साइटबाट नै दान दिन वा दान दिन्छु भनि कबोल गर्न सकिने व्यवस्था गरिएको छ । यसै गरि वेव साइट मार्फत नै आफूले कुन कुन समयमा कति दान गरियो वा सेवा लिएको भए सो वापत कति शुल्क कहिले बुझाइयो वा आफूले दान गर्छु भनि कबोल गरिएको छ भने कहिले र कति दान कबोल गरेको भन्ने समेत सजिलै थाहा पाउन सकिने व्यवस्था गरिएको छ । 

छोटकरीमा भन्नु पर्दा एनइसीसी तथा पशुपति–बुद्ध मन्दिरका बारेमा सम्पूर्ण जानकारी एकै थलोबाट प्राप्त हुने गरि वेव साइट निर्माण गरि सञ्चालनमा ल्याइएको छ । 

यसलाई अझ बढि व्यवहारिक र सजिलो बनाउन यहाँहरुको सुझाव र सल्लाह मन्दिरमा चढाउने दान जतिकै पवित्र हुनेछ हाम्रा लाििग । साथै यस साइटमा उपलब्ध गराइएका सूचना तथा जानकारीका बारेमा कुनै गल्ति कमजोरी भएका भए यहाँहरुले हामीलाई जानकारी गराइदिनु हुनेछ भन्ने पूर्ण आशा एवं विश्वास गरेका छौँ । 

श्री पशुपति–बुद्ध भगवानले हामी सबैको कल्याण गरुन् ।